Sajhedari Daily
Latest News from Nepal

बाराको कोरोना संक्रमितलाई पौष्टिक खाना पाएन,सिडियो मौन

Top Aside Banner

सिकेन्द्र पासवान
कलैया अस्पतालको आइसोलेसनमा रहेको बिरामी र तिनीहरुलाई चेकजाच गर्ने डाक्टरहरुलाई पौष्टिक खाना, नास्ता समयमा उपलबध नहुदा बिरामी र डाक्टरमा चिन्ता भएपनि प्रमुख जिल्ला अधिकारी मौन रहेको छ ।

२ जना कोरोना पोजेटिभ बिरामी र एक जना शंकास्पद बिरामी गरि ३ जनालाई उपचार गर्ने २ जना डाक्टर, २ जना परामेडिक्स, १ जना कार्यालय सहयोगी, खाना पकाउने १ जना र १ स्वीपर गरि १० जना रहेकोमा अस्पतालले बिहान, बेलुका पनि दाल, भात,तरकारी खुयाउने गरेका छन् भने नस्तामा चिया र २ वटा पाउरोटी दिने गरेको हुदा शरिरमा कमजोरी महसुस हुने थालेका एक बिरामीले साझेदारीसंग गुनासो गरे ।

त्यति मात्र नभई ब्रस, पेष्ट, साबुन, सेनिटाईजर, तातो पानी समेत उपलब्ध हुन सकेका छैन उनले भने । आफु बिरामी भएपनि पटक पटक एउटै कुरा ल्याउनलाई भन्दा भन्दै मुख थाकेपनि समानहरु उपलब्ध हुन नसकेको संक्रिमित पत्रकारले साझेदारीसंग भने ।

छाती दुखेको, शरिरमा थकाई महसुस भएको, तातो पानी नआएको एवम घाटीमा समस्या आउदा समेत औषधी नपाएको उनको आरोप रहेको छ । हरियो साग सब्जी, दुध, फलफुल, माछा, मासु र अन्डा पनि दिने नगरेको हुदा स्वास्थ्यमा समस्या सृजना हुने गरेका चेकजाचका लागि खटेका एक डाक्टरहरुको साझेदारीसंग दुखेसो रहेको छ ।

शान्त र तनाव रहित वातावरणमा बिरामीहरुलाई चेकजाच गनुपर्नेमा आफुहरुपनि तनावको समना गर्नुपरेको एक स्वास्थ्यकर्मी साझेदारीलाई बताए । कुनै तयारी नै नगरी हचुवाको भरमा बाराका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आइसोलेसन वार्ड सचालन गरि समस्या सृजना गरेको एक डाक्टरको गुनासो रहेको छ ।

स्टोर किपर सतेन्द्र यादव बाहि रहेको र सहायक स्टोर किपर मनोज यादवलाई पटक पटक समानहरु खरिद गरेर ल्याउन भनेपनि नल्याई अभ्रद कुरा मात्र गर्ने गरेको एक परामेडिक्स कर्मचारी आफनो कठिनाई सुनाए ।

आफुहरु तथा बिरामीहरुको भवना समेत नबुझी कुनै राय सल्लाह समेत नगरी आफनो मनपरी रुपमा समानहरु ल्याएर भन्सामा दिनेगरेका हुदा थप कठिनाईको समना गर्नुपरेका बताए ।

प्रदेश सरकारले २४ घन्टाका लागि २ हजार रुपैया बराबर बिरामी र डाक्टरको टोलीलाई पौष्टिक अर्थात शरिरमा युनिटी पावर बढाउने खाना, खाजा उपलब्ध गराउने भनिएपनि सोको आधी पनि लागु नभएको आइसोलेसनमा रहेको बिरामी र डाक्टर सहितको टोलीको सिकायत रहेको छ ।

पौष्टि अहार, शरिरमा युनिटी पाउर बढाउने खाना र खाजा चाडो भन्दा चाडो समयमा उपलब्ध गराउन सरोकारवालासंग माँग समेत गरेका छन् । यस सम्बन्धमा कलैया बिकास समितिका संयोजक किशोरी प्रसाद कलवारसंग बुझदा आफु कहा पनि समस्याका बारेमा जानकारी आएको बताउदै मेसु बिरेन्द्र मण्डल र स्टोरकिपरको अटेरी तथा गैर जिम्मेवारीपनका कारण बिरामी र डाक्टरलाई समस्याको समनासंगै कठिनाई भोग्नुपरेको प्रतिक्रिया दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितसंग जानकारी लिदा खाने खान, खाजाको चार्ट हेर्ने अनि बस्तु स्थिती बुझेर समस्या भए त्यसको व्यवस्थापन चाडै गराउने बताए । बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले गुणस्तर खाना, खाजा उपलब्ध गराउन माँग गरे । नागरिकलाई शुद्ध खाना खाई बाच्न पाउनुपर्ने अधिकार माथि खेलवाड नगर्न अपिल समेत गरेका छन् ।

कलैया अस्पतालको प्रमुख डाक्टर बिरेन्द्र मण्डलले आफु कलैया भन्दा बाहिर रहेको हुदा आफुलाई पनि आइसोलेसनमा रहेको बिरामी र डाक्टरहरु समस्या भयो भनेर जानकारी गराएको बताउदै खाना र खाजामा के के खाने हो भने बिषयमा डाक्टरहरुलाई भनी सकेको अवस्थामा समस्या देखाउनु भन्दा खान मन लागेका कुराहरु आफनो साधन स्रोतले तत्कालका लागि किनेर खाने र म आईसकेपछि त्यसको हिसाव किताब पेमेन्ट गर्ने उनले बताए ।

बिरामीहरु एवम डाक्टरहरु खाना, खाजाको भरपुर व्यवस्था मिलाउन स्टोरकिपरलाई भनी सकेको हुदा चाडै नै व्यवस्थापन हुने प्रमुख मण्डलले भने । आइसोलेसनमा संक्रमित १ प्रहरी जवान, १ पत्रकार र शंकास्पद रहेका कलैया उपमहानगरपालिका वडा नम्बर १० का एक वुद्ध रहेका छन् ।