सिकेन्द्र पासवान /
कलैया सदरमुकाम आसपासमा रही सक्रिय रुपमा काम गर्ने क्रियाशिल पत्रकारहरुलाई कोरोनाबाट बच्नका लागि समाग्रीहरु प्रदान गरिएको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ का संघिय साँसद रामबाबु कुमार यादवको पहलमा पचरौता नगरपालिकाका प्रमुख रमेश यादवको सहयोगमा सो समाग्री प्रदान गरिएकोे मेयर यादवले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानलाई आईतवार कलैयामा केएन नाइएटी फाईभ मास्क ३० थान, चस्मा ३० थान, गलोभ्स, सेनिटाईजर प्रदान गरेका छन् । प्रदान गरिएका ती समाग्रीहरु बाराका बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठलाई प्रदान गरि अन्य पत्रकारहरुलाई प्रदान गर्ने शुरुवात गरिएको सदस्य पासवानले बताउनुभयो ।
कलैयामा रहेको एफएम,पत्रिका,अनलाईन,टेलिभिजनमा काम गर्ने सक्रिय पत्रकारहरुलाई सो समाग्री प्रदान गरिएको छ । संकटको यस घडीमा पचरौता नगरपालिकाले यसरी पत्रकारहरुको जोखिमलाई मध्यनजर गर्दे स्वास्थ्य समाग्री प्रदान गरेकामा सदस्य पासवानले धन्यावद दिनुभयो ।
आफनो जीउ ज्यानलाई हत्केलामा राखी नागरिकलाई सुसिचित गर्ने पत्रकारहरुको भुमिका निकै नै महत्वपुर्ण भएको हुदा थौरै भएपनि कोरोनाबाट बच्न केही समाग्री प्रदान गरेका आफनो स्वकिय सचिव लडु यादव मार्फत मेयर यादवले जानकारी गराएको र अगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यतm समेत गरेको थियो ।
यसरी पत्रकारहरुको जोखिमलाई दृष्टिगत गरि समाग्रीहरु प्रदान गरेकामा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानले अभार प्रकट गर्दै अगामी दिनमा पनि पत्रकारहरुलाई यसरी नै सहयोग गर्न अपिल गर्नुभयो ।