जनकपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा) मा पार्टीको आन्तरिक विवाद चुलिंदै गएको छ। पार्टीका बहुमत प्रदेश प्रतिनिधिहरू, जिल्ला अध्यक्षहरू तथा शीर्ष नेताहरूले पार्टी विधान विपरीत र जबर्जस्ती ढंगबाट निर्वाचन गराउन खोजिएको भन्दै मधेश प्रदेशको निर्वाचन बहिष्कार गरेका छन्।
उनीहरूले निर्वाचन प्रक्रिया प्रति गम्भीर आपत्ति जनाउँदै आज हुने भनिएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्। पाँच जिल्लाका अध्यक्ष र शीर्ष नेताहरूले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन संयुक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
जसपा नेपालका रौतहट, सप्तरी, धनुषा, बारा र सर्लाही जिल्लाका अध्यक्षहरू लगायत पार्टीका प्रभावशाली नेताहरूले निर्वाचन बहिष्कारको घोषणा गरेका हुन्।
निर्वाचन बहिष्कार गर्ने अन्य नेताहरूमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व अर्थमन्त्री संजय कुमार यादव, मधेश प्रदेशका पुर्व अध्यक्ष रामबाबू यादव, पूर्व राज्यमन्त्री तथा प्रदेश अध्यक्ष पदका दाबेदार योगेन्द्र राय यादव, प्रदेश सान्सद अनुरुध प्रसाद सिंह यादव लगायतका नेताहरु रहेका छन ।
उनीहरूले निर्वाचनलाई “गैरकानुनी, अलोकतान्त्रिक र पार्टी विधान विपरीत” भन्दै अस्वीकार गरेका छन्।
‘जबर्जस्ती निर्वाचन गराउन खोजिएको छ’ — नेताहरूको आरोप ।
सर्लाहिमा बिना सबैको सह्मती ७० जना प्रतिनिधि जबर्जस्ती चयन गरिएको र उनिहरुलाइ रद्द गर्नुपर्ने असन्तुस्त नेताहरूको माग छ् । त्यस्तै पाच प्रतिशत प्रतितिनिधी बिधान बिपरित मनोनित गरिएको भन्दै उक्त मनोनित रद्द हुनुपर्ने उनिहरुको माग छ् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलेआफुहरुको यी मागहरु पूरा नगर्दै निर्वाचन प्रकृया अगाडि बढाएपछि आफुहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले बताए ।
उनले भने “पार्टीका केही व्यक्तिहरूले संगठनको विधान, प्रक्रिया र सहमतिलाई बेवास्ता गर्दै मधेश प्रदेशमा जबर्जस्ती निर्वाचन गराउन खोजेका छन्। यस्तो कदम पार्टीमा प्रजातान्त्रिक मूल्य र आन्तरिक अनुशासनको खिल्ली उडाउने हो।”
बहिष्कारका बाबजुद निर्वाचन जारी
विवाद चुलिँदै गएको अवस्थामा पनि जसपाका अर्काे पक्षले मधेश प्रदेशको निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ। निर्वाचन आज तय गरिएको मितिमा हुँदैछ। निर्वाचनमा सहभागी हुने प्रतिनिधिहरू भने न्यून संख्यामा रहेको बुझिएको छ, जसले चुनावको वैधता र विश्वसनीयता माथि प्रश्न खडा गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो अवस्था जसपा नेपाललाई गहिरो फुटको दिशातर्फ लैजान सक्छ। बहुमत नेताहरूले चुनाव बहिष्कार गरेपछि त्यसको राजनीतिक र कानुनी असर व्यापक हुनसक्ने देखिएको छ।
विशेषज्ञहरू भन्छन्
“यदि पार्टीको आन्तरिक एकता कायम राख्न नेतृत्व असफल भयो भने यसले जसपाको मधेशमा रहेको जनाधारलाई गम्भीर चोट पुर्याउनेछ।”
जनता समाजवादी पार्टी नेपाल अहिले गहिरो आन्तरिक संकट मा फसेको छ। बहुमत नेताहरूको असहमति र नेतृत्वको मनोमानीका कारण पार्टीले विभाजनको संघारमा उभिएको आँकलन राजनीतिक वृत्तमा भइरहेको छ। आजको निर्वाचन जसपा भित्रको शक्ति संघर्षको एउटा महत्त्वपूर्ण मोड बन्ने सम्भावना छ।

