नेपाली काँगे्रसबाट सिम्रौनगढ नगरपालिकामा जितेका वडाअध्यक्षहरुले मेयर किशोरी प्रसाद कलवारको उतेजित बोलीका कारण नगरपालिकाको कार्यालयमा बिधार्थीहरुले तोडफोड गरेको प्रष्ट पारेका छन ।
नगरपालिकाको कार्यकक्षमा शनिवार पत्रकार सम्मेलन गरि वडाअध्यक्षहरुले यस्तो आरोप लगाएका हुन । समझाई बुझाई गर्नुको साटो बिधार्थीहरुसंग जुहारी खेल्नु, उतेजित बनाउने काम गरेको हुदा बिधार्थीहरुले बाध्य भएर तोडफोड गरेका थिए । शैक्षिक भ्रमणमा जानका लागि बिधार्थीहरुले मेयर कलवारसंग पैसा माग्दा खाता खुलेको छैन ।
पाँच रुपैयापनि दिन सक्दैन भनेर हबकी दबकी भाषा प्रयोग गरि हबकाएर पठाएपछि आक्रोसित बिधार्थीले नगरपालिकामा तोडफोड गरेका थिए वडा नम्बर ४ का वडाअध्यक्ष अवधेस सहनीले जानकारी दिए ।
पटक–पटक कार्यपालिकाको बैठक बसाल्न भने पनि आनाकानी गर्दै कार्यपालिकाको बैठक नबसाली नगरपालिका एक्लै मेयर कलवारले चलाउने गरेको वडा नम्बर ३ का वडाअध्यक्ष उजुल्लाह अंसारीले जानकारी गराए ।
नगरप्रमुख आफै बिधार्थीहरुलाई उस्काई तोडफोड गर्न लगाएको तर त्यसबाट बच्नका लागि सिम्रौनगढ नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाअध्यक्षहरुको नाम मुछन खोज्नुमा कुनै सत्यता नरहेको हुदा मेयर कलवारले आफु जोगिनलाई भ्रमको खेती गरिरहेको वडाअध्यक्षहरुको भनाई रहेको छ ।
नेपाली काँग्रेसबाट जितेका वडाअध्यक्षहरुले बिधी र प्रक्रिया अनुसार अगाडी बढन खोज्दा मेयर कलवारले बिधी र प्रक्रियालाई मिचेर अगाडी बढने गरेको हुदा निर्वाचित भएको ४ महिना बिति सक्दा बिकासले गति लिन नसकेको वडाअध्यक्षहरुको भनाई रहेको हो ।
कर्मचारीहरुको करिब ७ महिनाको तलब खान बाकी रहेको हुदा हिन्दुहरुको महान चाडपर्व दशै आउन लाग्दा समेत ती कर्मचारीहरुलाई तलब खुयाउने तिर मेयर कलवारले कुनै प्रक्रिया अगाडी बढाएको छैन, एक वडाअध्यक्षले बताए ।
खाता खोल्न काम मेयरले नै अगाडी बढाउनु पर्ने हो तर बभिन्न प्रकारको बखेडा झिकी बहनाबाजी गर्दै खाता खोल्न आनाकानी गरेपछि नगरपालिकामा झनै समस्या सृजना हुने गरेका छ ।
त्यति मात्र होईन भैपरि आउने काममा पनि मेयर कलवारले अनाकानी गर्दै झारो टार्ने गरेको हुदा कतिपय महत्वपुर्ण कामहरुपनि अगाडी बढन सकेको छैन । पत्रकार सम्मेलनमा वडाअध्यक्षहरुले गुनासो गरे ।
मेयर कलवारले आफनो छोरा सहित लठईतहरु लगाएर नेपाली काँग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षहरुलाई ज्यान मार्ने धम्की दिएको हुदा आफुहरु असुरक्षित महसुस गर्न थालेको छु सो अवश्रमा जानकारी गराए ।
पत्रकार सम्म्ेलनमा वडाअध्यक्षहरु दिनदेयाल मुखिया, खरबिन्द मुखिया, उजिुल्लाह अंसारी , अवधेस सहनी, शिवमंगल कुसवाहा, राजकुमार यादव, रामएकवाल यादव, सुरेन्द्र जयसवाल लयागत कार्यपालिका सदस्य, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

