कलैया : जेनजी समुहकोे सोमबार र मंगलबारको प्रर्दशन र आगजनी पछि बुधबार बाराको अवस्था सुनसान भएको छ ।
(जेनजी)ले गरेको आन्दोलनका कारण बारा बुधबार सुनशान बनेको हो । जनताको जनधनको सुरक्षाको मुख्य जिम्मेवारी लिने भन्दै नेपाली सेना परिचालन पछि जिल्लाको सरदमुकाम कलैया सुनसान झै भयो । कलैया लगायत जिल्लाका मुख्य स्थानहरुमा सेना सहित तीन तहका सुरक्षाकर्मीहरुको बाक्लो सहभागिता रहेको छ । आन्दोलन आरजक बनेपछि स्थितीलाई नियन्त्रणमा लिन मंगलबार राति दश बजेदेखि नेपाली सेना ,प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
आन्दोलनका कारण जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्ही नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका सुनसान बनेको हो । आन्दोलनका कारण परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिका सुनसान बनेको हो ।
जेनजीले गरेको आन्दोलनका कारण जिल्लाको बिभिन्न स्थानमा रहेको बजार , पसल ,उधोग , ब्यापारिक प्रतिष्ठान समेत बन्द रहेको छ । जिल्लाको बिभिन्न स्थान बाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन। सवारी साधन नचल्दा यात्रुहरु मारमा परेका छन । यता जिल्लाको कलैया बजार बुधबार बिहानै देखि सुनशान बनेको छ । बजारमा पसल , उधोग लगायतका ब्यापारिक प्रतिष्ठान समेत बन्द रहेका छन ।
औषधी पसल मात्रै खुलेका छन । भने जिल्ला स्थित सरकारी कार्यालय, बिधालय ,कलेज समेत बन्द भएका छन। भने कलैया बाट चल्ने सवारी साधनहरु समेत ठप्प रहेका छन । सार्वजनिक यतायाताका सवारी साधनहरु नचल्दा यात्रुहरु मारमा परेका छन । भने सवारी साधनको अत्याधिक चाप हुने सडक खण्ड, कलैया बीरगञ्ज सडक समेत सुनशान बनेका छन ।
यसैविचनेपालको असहज अवस्थालाई हेरेर भारतले समेत सिमानाका बन्द गरेको छ। सिमा नाका भारतले भारी संख्यामा सुरक्षाकर्मी खटाएको छ । भारतीय सुरक्षाकर्मीले माईकिङ्ग गरी नाका बन्द गरिएको बारे आम नागरिकलाई जानकारी गराएका छन ।
जेनजी समुहले मंगलबार साँझबाट नै आन्दोलनका सवै कार्यक्रमहरु स्थागित गरिएको जनाएपनि बाराका केहि स्थानहरुमा अपराधिक गतिविधी गर्ने र उश्रृखंल समुहले तोडफोड तथा आगजनी गरेका छन । जिल्लाको बारागढी गाँउपालिका, गाउपालिका अध्यक्ष अशोक जयसको घरमा र करैयामाई गाउँपालिका तथा वडा नम्बर १ को कार्यालयमा तोडफोड, आगजनी भएको छ ।


