छठ पर्वको मुख्य दिन : ब्रतालुहरू आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइदै

राजेश कुशवाहा
92 पाठक संख्या

कलैया : तराई मधेशको सबै भन्दा ठुलो र महत्वपूर्ण मानिने छठ पर्वको मुख्य दिन सोमबार ( आज) साझ ब्रतालुहरुले अस्ताउदै सुर्यलाई अध्र्य दिदै छन । भने ब्रतालुहरु मंगलबार बिहान उदाउदो सुर्यलाई अध्र्य दिएपछि यस बर्षको छठ पर्व सम्पन्न हुने छ ।

जिल्लाको कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका,परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका,देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकाका ब्रतालुहरु सांझ छठि घाटमा अस्ताउदै सुर्यलाई अध्र्य दिने छन ।

जिल्लाको १६ पालिकाको हजारौ छठि घाट स्थित पोखरी ,जलाशय , नदी सरोवर लगायतकोमा अस्ताउदै सुर्यलाई अध्र्य दिने कलैया उपमहानगरपालिका वडा नम्बर १७ का शिक्षक रामनाथ महतोले जानकारी दिएका छन । कलैया उपमहानगरपालिकाको रामजानकी मन्दिर परिषरमा रहेको छठि घाट, सिद्धेशवर पोखरीमा रहेको छठि घाट, जनहित पुस्तकालयबरेवा स्थित छठि घाट, चिमनीमाई मन्दिर बरेवामा रहेको छठि घाट, ब्रहम्पुरी बंगरी खोला किनारमा रहेको छठि घाट , उतरक्रिटकैया ,मझौलिया ,दोहरी ,औधापुर , कलैया गाउँमा रहेको छठि घाट ,रामपुर, सिसवामहेशपुर, बकुलहर, कवलपुर, रामपुर, बघवन, बिशम्भरपुर, शितलपुर, देवीगञ्ज, धर्मनगर, मटिअर्वा, निलकण्ठवामा रहेको छठि घाट दुलही झै सिगारिएको छ ।

यसैगरी महागढीमाई नगरपालिकाको बरियारपुर गढीमाई मन्दिर परिषरमा रहेको छठि घाट, गंञ्जभवानीपुरको छठिघाट, दहियारको छठि घाटहरु छठि घाट दुलही झै सिगारिएको हो । जिवीको पार्जनका लागी नेपालकै कुना कप्चा तथा छिमेकी मुलुक भारतको दिल्ली, मुम्बई, लुधियाना लगायतका शहरहरुमा गएका बाराका युवाहरु छठ पर्वका लागी घर फर्कने क्रम जारी रहेको छ ।

छठ पर्वको लागी अनिवार्य मानिने पुजा सामग्रीहरुमा माटोको भाडो (ढकनी), हात्ती, दियो, बासको भाडाहरु (दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फल फुल, चिनीको विशेष किसिमको मिठाई बतासा, पहेलो धोती आदि किनमेल गर्नेहरुकोे कलैया बजारमा भिड लागेको छ । खासगरी महिलाहरुले बस्ने यस ब्रत बस्न कुनै कारण घरकाने महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले यो ब्रत बसेर भए पनि ब्रतलाई निरन्तरता दिनु पर्ने मान्यता रही आएको छ ।

छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ती हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको छ । तराई भेगको यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको छ ।यो पर्व एक भेग एक भूगोलको मात्र नभएर सम्पूर्ण देशको राष्ट्रीय पर्वको रुपमा विकसित भइरहेको श्रद्धालुहरु बताउछन्।

Leave a review