प्रधानाध्यापक कुशवाहाको सम्मान तथा बिदाई

राजेश कुशवाहा
262 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरीमा रहेको महाबिर नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रमेश कुशवाहाको शुक्रबार सम्मान तथा बिदाई गरिएको छ ।

विद्यालय परिवारले आयोजना गरेको एक कार्यक्रमका बीच वडा अध्यक्ष दिपेन्द्र कुशवाहाले कुशवाहाको बिदाई गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुशवाहाले उनलाई फूलमाल तथा दोसल्ला ओढाएर तथा प्रशंसापत्र प्रदान गरी सम्मान तथा बिदाई गरेका हुन ।

उक्त अवसरमा बोल्दै वडा अध्यक्ष कुशवाहाले निवर्तमान प्रधानाध्यापक कुशवाहाले बिधालयमा दिएको योगदान बारे चर्चा गरेका थिए ।

बिधालयका प्रधानाध्यापक दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख राजिव कुमार यादव, बिधालयका शिक्षकहरु शन्तोष यादव, सुजित मलिक, सुभास कुशवाहा, अनिल प्रजापति ,रामाकान्त यादव, शिक्षीकाहरु सुरेखा पासवान किरण कुमारी, रेयाज अंसारी, सुर्यदेव यादव, हरिकञ्चन चौधरी, रामदयाल साह,लक्ष्मिनिया देवी ठाकुर, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a review