Sajhedari Daily
Latest News from Nepal

बारा उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न

रबिन्द्र प्रसाद साह ,
बारा उद्योग वाणिज्य संघ बाराको नव निर्वाचित कार्य समितिको शपथ ग्रहण कार्यक्रम सोमवार सम्पन्न गरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ पर्सा सिटी कलोनीमा अवस्थित होटल करणराज प्यालेसको प्राङ्गणमा उक्त सपथग्रहण कार्यक्रम गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सपथग्रहण गराएका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्षामा राजकुमार साहलाई केन्द्रिय अध्यक्ष गोल्छाले र अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष साहले सपथग्रहण गराएका थिए ।

संघका निवर्तमान अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न गरिएको उक्त शपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य ज्वाला साह, संविधान सभा सदस्य प्रमोद गुप्ता, प्रदेश सभा सदस्य पारस प्रसाद साह, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, उपप्रमुख पवन व्याहुत, विरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोध गुप्ता, हेटौडा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष अरुण कुमार सुमार्गी, संघ बाराका पुर्वअध्यक्षहरु गजानन्द अग्रवाल, विश्वनाथ शर्मा, संजय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन निर्वाचन व्यवस्थापक तथा कार्यक्रम व्यवस्थापक अमित मिश्रको रहेको थियो भने स्वागत मन्तव्य संघ बाराका वाणिज्य उपाध्यक्ष विनोद कुमार बरैको रहेका थिए ।