Sajhedari Daily
Latest News from Nepal

रौतहटमा एक पुरुषको शव फेला

रौशन चौधरी /
रौतहटमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ४ बिसुनपुर्वा मानपुरमा ४५ वर्षिय पुरुषको शव फेला परेको हो ।

गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षिय दशै रामको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने संभावना रहेको रौतहट प्रहरीको प्रारम्भीक अनुमान छ ।

घटनाको बारेमा थप छानबिन गर्नका निम्ति बर्दिबासबाट तालिम प्राप्त कुकुर आउने र मृतक रामको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिद्धिविक्रम शाहले बताए ।

Comments are closed.

error: Content is protected !!