मिटर व्याज विरुद्धको संघर्ष समिति नेपाल बाराको जिल्ला समिति गठन भएको छ ।
समिति नेपालका केन्द्रिय अध्यक्ष मनोजकुमार पासवानको प्रमुख आतिथ्यमा भएको एक भेलाले सो समिति गठन गरेको हो ।
सो भेला सोमबार कलैया १ स्थित देवकीलाल धर्मशालामा भएको हो ।
भेलाले समाजसेवी तथा पूर्व कर्मचारी शिवदयाल पासवानको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
समितिको सदस्यमा पचरौता नगरपालिकाका पूर्व वडा अध्यक्ष दिनानाथ सहनी सो समितिको सदस्य रहेका हुन् ।
यस्तै सो समितिको सदस्यमा वीरेन्द्र तिवारी,सव्या खातुन,महेन्दर पटेल,श्यामसुन्दर पासवान,जगिया वीन,जोखन राउत,उदयनारायण यादव रहेका छन्। समितिले मिटर व्याज विरुद्धको संघर्ष अभियानलाई तीव्र बनाउने जनाएको छ ।

