गुणस्तर तथा नापतौल कार्यालय वीरगंजले बुधबार वीरगञ्जमा रहेको केडिया अटो इन्टरप्राईजेज, मनोज केयर आयल र पशुपति अटो मोबाईल सेन्टरमा अनुगमन गरेको छ ।
गुणस्तर तथा नापतौल कार्यालय वीरगंजको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सा र उपभोक्ता हित संरक्षण मञ्च,पर्साका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरेको हो ।
टोलीले पम्पहरुको अनुगमन गरेको थियो ।सो क्रममा मनोज केयर आयलको मेशनिमा प्रति दश लिटर माईनस २५ टोलेरेन्स र केडिया अटो इन्टरप्राईजेजमा माईनस २० टोलेरेन्स भएको पाइएको गुणस्तर तथा नापतौल कार्यालयको वीरगंजका निरिक्षक रामजी लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए ।दुबै पम्पलाई टोलेरेन्स माईनस शून्यमा झार्न निर्देशन दिएको पनि उनले बताए ।

