बारामा प्रहरी र तस्करबिच गोली हानाहान

साझेदारी दैनिक
733 पाठक संख्या

कलैया : बाराको पचरौता नगरपालिकाको सीमावर्ति क्षेत्रमा तस्कर र नेपाल प्रहरीविच आइतबार राति गोली हानाहान भएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बारा जिल्लाको पचरौता नगरपालिका वडा नं.६ चिकनी टोलस्थित भारतको हनुमाननगरबाट नेपाल तर्फ मोटरसाईकलहरू चलाई आएका र नम्बर नखुलेको ट्याक्टरमा तस्करीका समानहरू लोड गरी आउदै गरेको अवस्थामा जम्काभेट भएको थियो ।

२५ जना तस्करहरूको समूहसंग एक्कासी जम्का भेट हुँदा तस्करहरूलाई रोक्न/समात्न खोज्दा प्रहरी माथी तस्करले एक्कासी कटुवा बन्दुबाट २ राउण्ड गोली फायर गरेका थिए। गस्ती टोलीले ९ एमएम पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गरेको थियो। तस्कर समूहहरू ट्याक्टर सहित भारत तर्फ भागेका थिए।

खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको कमाण्डमा थप १० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सोही क्रममा तस्करहरूले चलाई आएको मोटरसाईकलहरू र अन्य समानहरू घटना स्थल वरिपरि दसगजामा छोडी भागी गएकोमा उक्त मोटरसाईकलहरू र सामानहरू प्रहरीले बरामद गरेको छ।

प्रहरीले बिआर ०५ बिएल ४१५४ नं.को बजाज कम्पनिको पल्सर मोटरसाईकल, बिआर ०५ बि६८६४ नं.को स्पलेण्डर मोटरसाईकल,बिआर ०५ बिडी ९८२१ नं.को बजाज कम्पनिको पल्सर मोटरसाईकल बरामद गरेको छ।

यस्तै बिआर ५ एडब्लु ०५०१ हेरो कम्पनिको स्पलेण्डर मोटरसाईकल,इएएइ कम्पनीको भारतीय सिम प्रयोग भएको स्क्रीन टच मोबाइल एक थान, सामसुङ कम्पनीको भारतीय सिम एयर टेल कम्पनी र एनसेल कम्पनीको सिम प्रयोग भएको स्क्रीन टच मोबाईल एक थान,भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र एक थान घटनास्थलबाट फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

Leave a review