वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

परवानीपुरको गाउँपालिका अधिवेशन सम्पन्न

अनिलकुमार साह

परवानीपुर ,९ मंसिर

बाराको परवानीपुर गाउँपालिकाको गाउँपालिका अधिवेशन सम्पन्न आज सम्पन्न गरिएको छ। नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत आज बाराको परवानीपुर गाउँपालिकाको गाउँपालिका अधिवेशन पनि सम्पन्न गरिएको छ। परवानीपुर गाउँपालिकाको वडा नं.२ रामपुरमा सम्पन्न अधिबेशनमा गाउँपालिका सभापतिमा पुनदेव प्रसाद यादव सर्व सहमतिबाट निर्वाचित भएका छन। उनको सभापतित्वामा ३२ गाउँपालिका कार्यसमिति चयन समेत गरिएको छ । जसमा उपसभापतिमा श्यमबाबु पटेल (लोहा सिंह) , लालबाबु साह तेली , सचिवमा रामनाथ महतो , सह सचिवमा विनोद प्रसाद कुशवाहा , दीपक कुमार साह , सदस्यहरुमा प्रधुमन् प्रसाद यादव , गौतम प्रसाद कुर्मी , सुरेन्द्र प्रसाद , मोहनलाल दास , रामचन्द्र हजरा लगायतका सदस्यहरू चयन भएका हुन। निर्वाचित सबै पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दिनेश प्रसाद जैसवालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए। सो अधिबेसनमा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति सुनिल प्रसाद गुप्ता , पार्टीका नेता विजय गुप्ता , गाउँपालिका प्रत्यासी उमेद्वार लालबाबु प्रसाद यादव , महाधिवेशन प्रतिनिधि जगदीश साह कानु , वडा नं. ५ का वडा सभापति प्रभु पटेल , वडा अध्यक्ष इस्वरी साह , नेपाली कांग्रेसका युवा नेता राज किशोर गुप्ता, प्रमोद सिंह , अनिलकुमार साह , हरिओम पटेल , सदिक देवान , इलाका प्रहरी कार्यालय प्रसौनिका इन्चार्ज विन्देश्वर यादव , शसस्त्र प्रहरी जितपुर एरिया इन्चार्ज भीम खनाल , राष्ट्रिय अनुसन्धान बाराका तनु दास , पाँच वटै वडाका वडा सभापतिहरु, पार्टीका क्रियाशील सदस्यहरू , नेतागण , कार्यकर्ता , सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!