सुजित मेमोरियल टी–२० : कलैया-७ द्वारा वडा नम्बर ४ पराजित

साझेदारी डेलि
56 पाठक संख्या

कलैया । स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा कलैया वडा नं. ४ विजयी भएको छ।

बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी यस खेलमा वडा नं. ७ लाई ६ विकेटले पराजित गर्दै वडा नं. ४ ले जित हात पारेको हो।

टसपछि पहिले ब्याटिङ गरेको वडा नं. ७ ले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १०७ रन बनाएको हो। टोलीका लागि रोहित महराले २२ रन बनाए। निरज जैसवालले अविजित १८ रन बताए।

आदित्य थापाले १४ रन बनाए। राहुल पासवानले १२ रनको योगदान दिए।वडा नं. ४ का बलर निरज सहनीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। राहुल यादव र सञ्जय साहले समान १–१ विकेट लिए।

प्रत्युत्तरमा वडा नं. ४ ले १४ ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो। टोलीका लागि निरज सहनीले अविजित ३१ रन बनाए। कुमार थापाले २८ रनको योगदान दिए। सञ्जय साहले २८ रन बनाए।

निरज सहनी म्यान अफ द म्याच भए। उनलाई कलैया–१४ का बुद्धिजीवी कासमिरीलालप्रसाद जयसवालले पुरस्कार वितरण गरेका हुन्।

आठ टोलीको सहभागितामा सञ्चालित सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको छ।

आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

बुधबार खेलिएको लिग चरणको अन्तिम खेलमा कलैया उपमहानगरपालिकाका वडा नम्बर २७ का खेलाडीहरु नआएपछि वडा नम्बर १२ लाई नियम अनुसार जित दिइएको छ ।

यो जितसंगै समुह ‘क’ बाट वडा नम्बर ४ र वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। समुह ‘ख’ बाट वडा नम्बर ६ र वडा नम्बर १२ सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनल खेल समुह ‘क’ मा शिर्ष स्थानमा रहेको वडा नम्बर ४ र समुह ‘ख’ को दोश्रो स्थानमा रहेको वडा नम्बर १२ बिच हुने छ।

Leave a review