सडक मर्मत सम्भार नहुँदा सर्वसाधारणलाई यात्रामा सास्ति

साझेदारी दैनिक
साझेदारी दैनिक 643 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रवीन्द्र प्रसाद साह,/
जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा सडक मर्मत नहुदा आम सर्वसाधारणहरुलाई आवत जावतमा समस्या भएको छ ।

वडा अन्र्तगतको पर्सा टोलबाट पुरानो बसपार्क हुदै मदर्शा टोल जोड्ने सडक विग्रिएर समस्या भएको हो ।
सडकमा खाल्डा खुल्डी हुदा पानी परेपछि पोखरी झै हुनाले बाटो भएर आउने जाने मानिस तथा सामानहरु ओसारपोसार गर्नेहरुलाई सास्ति भएको हो ।

केही सडक खराब भएकै कारण दिन पहिले एक जना दूध बोकेर बेच्न जाने किसानको साइकिल सहित लड्दा दुध नष्ट हुनुको साथै उनलाई समेत चोटपटक लागेको थियो।

त्यस्तै सडकको अवस्था नाजुक भएकाले बालबालिकाहरु तथा वृद्धवृद्धाहरु समेत सडकको खाल्डोमा परेका छन । सडकमा खस्दा हातखुट्टामा चोटपटक लाग्ने गरेको छ । त्यस्तै सडक खराव कै कारण बुधवार पनि एक जना तरकारी बेच्ने किसान पनि आफ्नो साईकिलमा लोड गरेको तरकारी सहित लडेका छन ।

साईकलबाट लड्दा विक्रीका लागि लगिएको तरकारी नष्ट हुनुको साथै उनी पनि सामान्य घाइते बनेका थिए। त्यस्तै उक्त बाटो प्रयोग गरेर जाने साइकल तथा मोटरसाइकल दैनिक रुपमा हिलोमा खस्ने गरेको स्थानीय सुजय साहले बताए ।

यस्तो समस्या प्रति स्थानीय निकायहरुको ध्यान जान नसकेको स्थानीयहरुको गुनासो छ । अति आवश्यक तथा नभै नहुने कुराको लागि पनि बारम्बार वडा अध्यक्ष गम्भिरा प्रसाद तथा वडा सदस्यहरुलाई पनि पटकपटक ध्यानाकषर्ण गराउदा पनि वास्ता नगरेको अर्का स्थानीय युवा नगेन्द्र साह जानकारी गराए ।

त्यस्तै केही महिना अगाडी निर्माणधिन नाला नबन्दा थप समस्या भएको वडावासीले गुनासो गरेका छन । महिनौँ विति सक्दा पनि नाला पुरा नहा बाटो को माटोलाई मिलाउने काम पनि वडा कार्यालय तथा नगरपालिका कतैबाट पनि भएको देखिदैन। जसको कारण पनि उक्त बाटोमा आवतजावत गर्न अप्ठ्यारो

समाचार शेयर गर्नुहोस
Leave a review