वीरगञ्ज युनाइटेड सेमिफाइनलमा

साझेदारी दैनिक
317 पाठक संख्या

वीरगञ्ज युनाइटेड फुटबल क्लब निजगढको रतनपुरमा जारी दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा सर्लाहीको एभरेस्ट एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

वीरगञ्जको जितमा खेलको ३४ औं मिनेटमा विवेक चौधरीले फ्रीकिक मार्फत गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाएकाथिए ।

४२ औ मिनेटमा सर्लाहीले प्राप्त गरेको पेनाल्टी मार्फत समिल लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काएकाथिए ।

वीरगञ्जका विकास दर्लामीले ८१ औं मिनेटमा बिजयी गोल गर्दै वीरगञ्जलाई २–१ को जित दिलाए । खेलको प्लेयर अफ द म्याच वीरगञ्ज युनाइटेडका बिकास चौधरी घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार आयोजक रतनपुर युनाइटेड युथ क्लब र नेपाली सेनाको सबुज गण आधाभार बारा बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेता टोलिले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a review