Sajhedari Daily
Latest News from Nepal

सरोकार समितिद्वारा सिमरामा २५ शैयाको अस्पताल बनाउन माग

रञ्जन यादब/
बाराको सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल बनाउन माग गरिएको छ ।
जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले गर्दै जीतपुरसिमरा उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई शुक्रवार मागपत्र बुझाएको छ ।

सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको समितिको प्रतिनिधि मण्डलले उपमहानगरपालिकाका उपप्रमुख सरस्वती देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसंग भेटगरी २५ शैयाको अस्पताल वनाउनका लागि माग गरेको हो ।

समितिले सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई सिमरा अस्पतालमा रुपान्तरण गर्दै विशेषज्ञ चिकित्सकको व्यवस्था गरी आकस्मिक सेवा सहित २५ शैय्याको अस्पताल सञ्चालनको माग गरेको छ ।

मागपत्र ग्रहण गर्दै उपप्रमुख सरस्वती देवी चौधरीले सरोकार समितिले उठाएको विषय सान्र्दभिक भएकोले आगामी कार्यपालिकाको बैठकमा लैजाने प्रतिबद्धता जनाईन । उनले आवश्यक परे मन्त्रालयसम्म डेलिगेशन गएर नगरअस्पताल निर्माण गर्ने स्पष्ट पारीन ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले दुर्गम गाउँमा समेत अस्पताल बनेको स्मरण गर्दै जीतपुरसिमरा उपमहानगरपालिका भित्र अस्पताल नहुँदा नागरिकलाई पीडा भएको आफुले महसुस गरेकोले अस्पताल निर्माणको प्रक्रियालाई अगाडि बढाउने जानकारी दिनुभयो ।

ज्ञापन बुुझाउँने कार्यक्रममा सरोकार समितिका सदस्यहरु छबिलाल शर्मा, कर्णबहादुर थापा, नारायण प्रसाद घिमिरे, रमेश सापकोटा, बिदुर खडका, नेकपा का नेताहरु देवनारायण चौधरी,मुस्लिम अंसारी,सञ्चारकर्मी रंजन यादव लगायतको उपस्थित रहेको थियो ।