जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट च्याम्पियन्स ट्रफिमा कलैया क्रिकेट क्लबले बिजयी सुरुवात गरेको छ ।
जीतपुरसिमरा वडा नं.२४ स्थित हरपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा कलैयाले विजयी शुरुआत गरेको हो ।
उद्घाटन खेलमा कलैयाले मकवानपुर क्रिकेट संघलाई छ विकेटले पराजित गरेको हो ।टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो ।
मकवानपुर विरुद्ध कलैयाका शंकर पौडेलले चार खेलाडीलाई मैदानबाट बाहिर पठाए । तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर पौडेलले चार विकेट लिएका हुन् ।
यसैगरी भुलावन सहनी र कुमार थापाले एक–एक विकेट हात पारेको छ ।प्रतियोगिता अन्तर्गत सोमबार आयोजक हरपुर क्रिकेट क्लब र नेशनल इन्फोटेक पर्साबीच खेल हुनेछ ।
यसअघि जीतपुरसिमरका नगर प्रमुख राजन पौडेलले बलिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र दुई करोड ५४ लाख बजेट खेलकुदमा लगानी गरेको बताए । लगानी अनुसार त्यो अनुकुल नतिजा नआएको बताए । कुल बजेट को १.५० प्रतिशत बजेत खेलकुदमा लगानी गरेको उनले जनाए ।
अहिले सम्म जीतपुरसिमरा उपमहानगरपालिका भित्रका कुनै पनि खेलाडीले राष्ट्रिय टिममा सहभागी हुन नसकेको बताए । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला अधिकारीले हरपुर क्रिकेट मैदानको स्तरोन्नतिको लागि उपमहानगरले सहयोग गर्न तयार रहेको बताए ।
प्रतियोगिताको बिजेताले रु ५० हजार नगद र उपबिजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । हरपुर क्रिकेट क्लबको अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सुरु भएको हो । प्रतियोगितामा वडा न २४ का वडाध्यक्ष सुल्तान अन्सारीले स्वागत मन्तव्य राखेका थिए ।

