जीतपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगितामा पर्सा क्रिकेट संघको फाइनलमा प्रवेश गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघ फाइनलमा प्रवेश गरेको हो ।
औराहस्थित सेज क्रिकेट मैदानमा आईतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो ।
आईतवार भएको खेलमा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको कलैयाविरुद्ध पर्साका बलर हावी भएका थिए । पर्साले १६.४ ओभरमा सम्पूर्ण विकेटमा कलैयाले ७९ रन जोडेको थियो ।
यसैविच शनिबार सम्पन्न भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । दुई खेल जीतेको पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइलनमा पुगेको हो।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, भैरहवा, जनकपुरका ६ टिम सहभागी छन् । प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘ए’ को अन्तिम खेलमा कलैया क्रिकेट क्लब र आयोजक भिड्नेछन्।


