दुई सय १३ किलोग्राम गाँजा बरामद

रासस
293 पाठक संख्या
सांकेतिक तस्वीर

पर्सा : विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र लुकाइराखेको दुई सय १३ किलो गाँजा बरामद गरेको छ ।

गस्तीमा रहेको टोलीले मङ्गलबार उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले राससलाई बताउनुभयो । ‘

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा चोरीतस्करी तथा लागुऔषध ओसारपसार हुन नदिन ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गरेको छ ।

Leave a review

This will close in 0 seconds