नेकपा एसको भयो कोल्हवी नगर अधिवेशनबाट आए चौधरी

साझेदारी दैनिक
594 पाठक संख्या

कलैया : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आइतबार सम्पन्न कोल्हवी नगर अधिवेशनबाट हीरानन्द चौधरीको अध्यक्षतामा १२ सदस्यीय नेकपा एस कोल्हवी नगर कमिटी गठन भएको छ।

समितिको सचिवमा कृष्ण चौधरी,उपसचिव भगवती चौधरीलाई चयन गरिएको छ।

समितिको सदस्यहरुमा प्रकाश चौधरी,शंकर चौधरी,अनिता देवी,निरज भुजेल,ठाकुर चौधरी,प्रमोद चौधरी,जग्गा चौधरी,रामचन्द्र राम,विशुनदेव चौधरी रहेको पार्टीका जिल्ला सचिव ध्रुव यादवले जानकारी दिएका छन्।

कोल्हवी नगर अधिवेशनमा पोलिटब्युरो सदस्य दिनेश राई,जिल्ला अध्यक्ष विजेन्द्र चौधरी,संविधान सभा सदस्य रामचन्द्र प्यासी लगायतको विशेष उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds