रौतहट । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगरसहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
शनिबार चन्द्रपुर–४ गौर रोड नजिकैबाट सोही स्थानका बिन्देश्वर साह कलुवारका ३२ वर्षीय छोरा भोला साह कलुवारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रुपा लाबुङले जानकारी दिएकी छिन्।
बैंकिङ कसुरमा फरार प्रतिवादी उरहेका कलुवारलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा चपुर–६ बस्ने २८ वर्षीय राजेश राईलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

