दीगो वित्तीय व्यवस्थापन सम्बन्धी तालिम

राजेश कुशवाहा
278 पाठक संख्या

कलैया : बारा जिल्ला बचत तथा ऋण सहकारी सघ लि.को आयोजनामा कलैया स्थित दास गेष्ट हाउसमा सञ्चालित सहकारीमा दिगो बित्तीय ब्यवस्थापन सम्बन्धी तीन दिने तालिम आईतबार सम्पन्न भएको छ।

तालिममा ३५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो। तालिममा सहकारीका बरिष्ठ प्रशिक्षक केशव पोखरेलले प्रशिक्षण दिएका थिए।

नेपाल सरकारले जारी गरेको सहकारी ऐन र मापदण्ड अनुसार सहकारीमा दिगोपना ल्याउनको लागि उक्त तालिमको आयोजना गरिएको संघका अध्यक्ष सत्येन्द्र ठाकुरले जानकारी दिएका छन्।

एउटै अभियान, एउटै आवाज, सुरक्षित साकोश, समुन्नत समाज भन्ने मूल नाराका साथ उक्त तालिमको आयोजना गरिएको हो।

Leave a review

This will close in 0 seconds