मधेश प्रदेशका मुख्यमन्त्री सिँहलाई बारामा सम्मान

रञ्जन यादव
286 पाठक संख्या

नवनियुक्त मधेश प्रदेशका मुख्यमन्त्री सतीसकुमार सिंहलाई बारामा सम्मान गरिएको छ ।

बाघ दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा आयोजीत कार्यक्रममा मुख्यमन्त्री सिँहलाई सम्मान गरिएको हो ।

डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजनल बन अधिकृत बिनोद सिंहले खाँदा,माला लगाएर भिम सखुवाको फोटो अंकित मायाको चिनो प्रदान गरी मुख्यमन्त्री सिंहलाई डिभिजन बन बाराकोतर्फबाट सम्मान गर्नुभएको हो ।

त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज,आधाभार (बारा)ले खाँदा लगाई हात्तीको मुर्ति मायाको चिनो स्वरुप प्रदान गरी मुख्यमन्त्री सिंहलाई सम्मान गरेको हो ।

निकुञ्जको तर्फबाट बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले सम्मान गरी मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds