पुरुष भलिबलमा एक्स–सर्विस र राष्ट्रिय विभूति विजयी

साझेदारी दैनिक
208 पाठक संख्या

जीतपुर : बाराको सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो। यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।

त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (च्ख्क्क्क्) ले स्नो एपेक्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सानदार जित हात पार्यो।उक्त खेलमा आदर्श चौधरीलाई खेलाडी अफ दी म्याच घोषित गरिएको आयोजक बिद्यालयका प्रिन्सिपल लक्कि रिमालले जानकारी दिए ।

प्रतियोगिता पाथीभरा इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा जारी रहेको विद्यालयले जनाएको छ।

Leave a review