कलैया : बाराको आदर्श कोतवाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागी अपाङ्ग असक्त तथा जेष्ठ नागरिकहरुका लागी प्रत्येक वडामा घर पायक हुने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ। आदर्श कोतवाल गाउँपालिकाका गाउँपालिका अध्यक्ष जवाहर प्रसादको संयोजकत्वमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसिया,प्रशासन शाखा प्रमुख रमेश कुमार गुहा, उद्यम विकास शाखा प्रमुख रामाकान्त प्रसाद, आदर्श कोतवाल गाउँपालिका वडा नं. ५ का दिषेशकुमार सिंह, अरुण यादव, सालबाबु यादव वडा नं. १ का प्रदिप प्रसाद कुश्वाहा, वडा नं. ३ का कमलेश यादव, निराजन पादव, मुकेश यादव,दिनेश यादव, वडा नं. ६ का साहेब मुझा लगायतको सो बैठकमा उपस्थिति रहेको हो। भदौ २७ गते गाउँपालिकामा भएको तालाबन्दी र तत पश्चात उत्पन्न परिस्थितिको विषयमा गाउँपालिकाका जेन जी समूहको उपस्थितिमा सो बैठक बसेको हो।
शुभ दिपावली र महान पर्व छठ लाई लक्षित गरी गाउँपालिका को प्रत्येक वडाहरुको बिजुली पोलहरूमा लगाउने अस्थायी बत्तीहरु जडान नगरी उक्त बत्तीको सट्टामा सबै वडामा उपयुक्त स्थानको पहिचान गरी स्ट्रिट, लाईटको जडान गाउँपालिका कार्यालयबाट हिउदे अधिवेशनमा वजेट संशोधन गरी ३ महिना भित्रमा जडान गराउनुपर्ने भनेर बैठकमा निर्णय गरिएको छ।
हिँउदे अधिवेशनमा बजेट विनियोजन गरी गाउँपालिकाको उयुक्त स्थान छनौट गरी स्ट्रिट लाइट जडान कार्य गर्ने निर्णय गरिएको जानकारी दिइएको छ। गाउँपालिका कार्यालयबाट संचालन भएको सम्पुर्ण योजना तथा कार्यक्रमहरुमा जनसहभागिता हुने गरी उपभोक्ता समिति गठन गरी संचालन गर्ने र कार्यक्रम स्थलमा अनिवार्य सुचना बोर्डको व्यवस्थापन गराउने र कार्यक्रम सम्पन्न भएको प्रतिवेदन पालिकाको बेव साईटमा अपलोड हुने गरी सार्वजनिक गर्ने/गराउने निर्णय समेत सो बैठकले गरेको हो।
सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागी अपाङ्ग असक्त तथा जेष्ठनागरिकहरुका लागी प्रत्येक वडामा घर पायक हुने गरी व्यवस्था मिलाउने तथा गाउँपालिका, जेन जी समुह र सिद्धार्थ बैंकको त्रिपक्षीय बैठक बसी उचित सामाधान निकाल्ने निर्णय गरिएको छ। प्रत्येक आ.व.मा गाउँसभा र गाउँपरिषद गाउँपालिका कार्यालयमा जनसहभागिता हुने गरी गाउँपालिका कार्यालय द्वारा गाउँपालिका सभा हलमा आयोजना गर्ने गराउने तथा गाउँ सभा विगतको दिनमा गाउँपालिकाको सभाहलमा हुँदै नाएको विषयमा सुविन भयौं। साथै यसलाई अझ पारदर्शी बनाउन गाउँसभा हुनभन्दा अगाडी थप प्रचार प्रसार गर्ने निर्णय गरिएको छ।
पालिकामा भएको अविरल वर्षाको कारण किसानहरुको धान बाली र गाउँबस्तीमा भएको सम्पूर्ण क्षतिको पहिचान गरी उचित मुअब्जाको व्यवस्था गाउँपालिका कार्यालय द्वरा गराउने र यस विषयमा कृषि ज्ञान केन्द्र बारा तथा संघीय सरकारबाट विभिन्न कार्यक्रमहरु घोषणा भएकोमा उक्त कार्यकमबाट थप लाभान्भित हुन गाउँपालिकाबाट समेत पहल गर्ने निर्णय सो बैठकले गरेको छ।
वडा नं.०५. को रुपौतिया टोल देखी मेवा जाने सडकलाई उचित व्यवस्था नभएको कारणले गर्दा पानी परेको बखतमा पानी जम्मा भईगावरती प्रत्येक वर्ष डुवान हुई आएकोमा छिटो भन्दा छिटो उचित व्यवस्थापन गरी उक्त समस्याको समाधान गर्न लगाउने र यस विषयमा सामाधान निकाल्न सम्वन्धित निकायसँग छलफल गरी सामाधान निकाल्ने निर्णय सो बैठकले गरेको छ। गाउँपालिका र पालिका मातहतका सबै कार्यालयहरुमा कर्मचारी समयमा नआउने आए पनि अटेर गरी मनोपोली गरिकाले कामहरु गर्दै आएको हुनाले सेवाग्राहीहरु मारमा पर्न गएको हुनाले सम्पूर्ण कार्यालयहरुमा समयमै कर्मचारीको उपस्थिति हुने गरी सहज बतावरण सेवा प्रवाह गर्ने बातावरण मिलाउने निर्णय सो बैठकले गरेको छ।
पालिका मातहत रहेको स्वास्थ्य चौकीहरुमा औषधीहरु लगायत आवश्यक सामाग्रीहरुको अभाव रहेको हुनाले आवश्यक औषधी तथा सामाग्रीहरुको पूर्ति गरी स्वास्थ्य सेवा सहज बनाउने निर्णय सो बैठकले गरेको छ। पालिका अन्तर्गत रहेको व्यवस्थापन समिति विहीन रहेको विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको गठन तुरुन्तै गर्न गाउँपालिका कार्यालय द्वारा व्यवस्था मिलाउने र सबै विद्यालयको लेखापरिक्षण समयमै गराई गाउँपालिका कार्यालयको वेवसाईटमा सर्वजनिक गर्न व्यवस्था मिलाउने तथा श्री राम चरित्र मा वि लगायतका विद्यालयहरुको जग्गाहरु लथालिङ्ग रहेको तथा केही व्यक्तिहरुले जोरजबरजस्ती अतिक्रमण गरी भोग गर्दै आएको हुनाले सो अतिक्रमण भएको सम्पूर्ण जग्गाहरु छोडाई स्कुलको मातहतमा ल्याई जिर्ण भएको जग्गाहरुको श्रेष्ता समेत कायम गर्ने गराउने गरी गाउँपालिका कार्यालय वाट व्यबस्थापन गरी गराउने निर्णय भएको छ। वडा नं.०५ मा स्थित विद्यालय लाई नयाँ भवनमा तुरुन्तै सार्नु पर्ने जनाइएको छ।
गाउँपालिकामा बिद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया अगाडी बढाइएकोमा त्यसलाई थप कडाइका साथ नतिजामुखी बनाउने निर्णय सो बैठकले गरेको छ। गाउँपालिका मातहत रहेका सम्पूर्ण मठमन्दिरहरुमा सहमति भएको तीन महिना भित्रमा व्यवस्थापन समित गठन गरी प्रचलित कानुन बमोजिम संचालन गर्न व्यबस्था मिलाउने, गाउँपालिकाले जारी गरेको मठ मन्दिर व्यवस्थापन सम्बन्धी कार्यविधि यथाशिघ्र कार्यान्वयन गर्ने तथा सहमति भएको तीन महिना भित्रमा समिति गठन गर्ने निर्णय सो बैठकले गरेको हो।
आदर्श कोतवाल गाउँपालिका वडा नं.०४ स्थित हरनैया चौक तथा पालिकामा रहेको सम्पूर्ण बजारहरु व्यवस्थापन गर्ने व्यवस्था मिलाउने र यस विषयलाई कार्यान्वन गर्न सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गरी अगाडी बढाउने निर्णय गरिएको छ। गाउँपालिकाको प्रत्येक वडा कार्यालयहरुमा खानेपानी शौचालय जस्ता आधारभूत आवश्यकत्ता भएको भौतिक पुर्वधारहरुको तुरुन्तै व्यवस्था गर्नुपर्ने, तथा सरसफाई समेत गरी राख्नुपर्ने तथा
यस विषय तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरिएको छ। आदर्श कोतवाल गाउँपालिका वडा नं.०६ हुलाकी सडक स्थित पटेर्वा चौकमा सि सि क्यामेरा जडान गर्न व्यवस्था मिलाउने, गाउँपालिकामा पटेर्वा, भटिनिया ट्रान्स्फर्मर चौक सगायत अन्य आवश्यक रहेको स्थानमा सि सि क्यामेरा जडान गर्ने तथा जडान भएका सि सि क्यमेरालाई सचालन गर्ने निर्णय सो बैठकले गरेको छ। युवाहरुको आवश्यकत्ता र परिस्थिति अनुसार उपज भएका जायज मागहरु पुरा गर्न व्यवस्था मिलाउने युबाहरुवाट उठ्ने जायज विषयलाई गाउँपालिकाको श्रोत साधनको परिधिमा रही सम्बोधन गर्ने निर्णय सो बैठकले गरेको छ। आदर्श कोतवाल गाउँपालिका बडा नं.०६ स्थित पटेर्वामा डमारमा रहेको फिल्डलाई व्यवस्थित गरी मर्मत गर्न व्यबस्था मिलाउने ।
तथा उक्त फिल्ड व्यवस्थापनको लागि बजेट व्यबस्थापन गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय सो बैठकले गरेको छ। गाउँपालिका भरी विद्युत तारपोलको उचित व्यवस्थापन गर्नुको साथै आवश्यकता अनुसार थप जडान गर्न विद्युत तारपोलको लागि नेपाल विद्युत प्राधिकरणमा पहल गर्ने तथा गाउँपालिकाबाट बिनियोजन भएको बजेट समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय सो बैठकले गरेको छ।
पालिका भरी रहेका एलानी/सर्वजनिक जग्गाहरु लाई व्यवस्थित गरी आवश्यकता अनुसारको पहिचान गरी उक्त जग्गाहरुमा लगानी गर्दै उचित व्यवस्थापन गर्ने गाउँपालिकामा रहेका ऐलानी जग्गा तथा सार्वजनिक जग्गा व्यवस्थित गर्न सरोकारवालाहरुसँग समेत सहकार्यों गरी संरक्षाण गर्ने निर्णय बैठकले गरेको छ। गाउँपालिका भरी रहेका बर्थिङ्ग सेन्टरमा उचित कर्मचारीहरुको व्यवस्था गरी सचालनमा नरहेको बर्थिङ्ग सेन्टरहरु तुरुन्त संचालनमा ल्याउन व्यवस्था मिलाउन गाउँपालिकाको स्वास्थ्य शाखाबाट यस विषयलाई यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको छ।

