कलैया : श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्था लि कलैया १८ मोतिसर द्वारा संचालित सहारा कृषक समूहले शुक्रबार कृषि सामाग्री वितरण गरेको छ।
कलैया उप महानगरपालिकाको सहयोगमा (उन्नत बीउ वितरण प्रोत्साहन कार्यक्रम) अन्तर्गत ५० प्रतिशत सशर्त अनुदानमा सो सामाग्री वितरण गरिएको हो।
संस्थाका कृषक सदस्य तथा वडा बासीहरुलाई सो सामाग्री वितरण गरिएको हो। कलैया उप महानगरपालिकाको उपप्रमुख रोशन प्रवीणको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा कृषि विकास शाखा कार्यालय कलैयाका अधिकृत कुन्दन यादव,सहायक राहुल राय यादव तथा वार्ड नं १८ का वार्ड अध्यक्ष धु्रवप्रसाद यादवको रोहबरमा कृषि सामग्री वितरण गरिएको हो।
कृषकहरुलाई स्प्रे ट्यांकी,डिलेभरी पाइप,त्रिपाल,डिजिटल ढक तराजु वितरण गरिएको हो। २७ जना कृषकलाई स्प्रे टयांकी,पाँच जनालाई त्रिपाल,एक जनालाई ढक तराजु तथा पाइप चार जनालाई वितरण गरिएको हो।

