जनमत बाराका ४ वटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस

साझेदारी दैनिक
575 पाठक संख्या

कलैया : यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टी बाराले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टिको चारवटै क्षेत्रमा आयोजित छुट्टाछुट्टै क्षेत्रीय भेलाबाट नाम सिफारिस गरेको हो।

जनमत पार्टीले बारा क्षेत्र नम्बर १ बाट बिजय गुप्ता, आरके राउत र युवराज मैनालीको नाम सिफारिश गरेको छ। क्षेत्र नम्बर २ बाट सिए राजेश साह, प्रभुनाथ पटेल, गजानन्द यादव, बिकाश सिंह, जुमा हुसेन र सुनिल साहको नाम सिफारिस भएको छ।

बारा क्षेत्र नम्बर ३ बाट पारसप्रसाद साह, प्रमोदप्रसाद गुप्ता, किशमती देवी राम र अयुब अंसारीको नाम सिफारिश गरिएको छ। बारा क्षेत्र नम्बर ४ बाट प्रोफेशर हरी राउत, रोशन खातुन, ओमप्रकाश साह, सुरेश साह, हरी महरा, जाकिर अंसारीको नाम सिफारिस भएको जनमत पार्टी बाराका जिल्ला ईन्चार्ज शिवनाथ पटेलले साझेदारी दैनिकलाई जानकारी दिएका छ्न।

Leave a review