पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ के.जि. गाँजासहित दुई जना पक्राउ

साझेदारी डेलि
69 पाठक संख्या

बारा । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री सबुज गणको गस्ती टोलीले निकुञ्जको कोर ईलाकाबाट १६६ के.जि. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार सुरक्षा पोष्ट प्रतापपुरबाट खटिएको टोलीले मकवानपुर जिल्लाको चुरे क्षेत्रअन्तर्गत निकुञ्ज कोर ईलाका बगई खोला नजिकबाट १६६ के.जि. गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३ पलासे बस्ने ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् ।

बरामद गरिएको गाँजा तथा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा बुझाइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, बारा र पर्सा जिल्लाका फैलिएको छ । निकुञ्जको दुर्गम भौगोलिक अवस्थाका कारण यस क्षेत्रलाई विगतदेखि गाँजालगायत लागूऔषध ओसारपसार गर्ने समूहहरूले प्रयोग गर्ने मार्गका रूपमा लिने गरेको स्थानीयको भनाइ छ ।

Leave a review

This will close in 0 seconds