नेकपा एमालेको ११ औँ महाधिवेशनबाट बारामा निवर्तमान सांसदसहित ८ जना केन्द्रीय सदस्यमा निर्वाचित

साझेदारी दैनिक
529 पाठक संख्या

कलैया : नेकपा (एमाले) को ११ औँ महाधिवेशनको विहीबार दिउसो अन्तिम परिणाम आएसंगै बारामा ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए भने बारामा निर्वाचित अधिकांश ओली प्यानलबाट केन्द्रीय सदस्यमा बनेका हुन । मतगणनाको मतपरिणाम अनुसार ११ महाधिवेशनबाट ओली प्यानलकै विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका निर्वाचित भएको हुन ।

बाराबाट निर्वाचित केन्द्रीय सदस्यहरु मध्ये ३ जना निवर्तमान संघीस सांसदहरु छन बारा क्षेत्र नम्बर १ का निवर्तमान संघीय सांसद अच्युत मैनाली, बारा क्षेत्र नम्बर ३ की निवर्तमान संघीय सांसद ज्वालाकुमारी साह र बारा निर्वाचन क्षेत्र नम्बर ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ(किसान) रहेका छन । श्रेष्ठ भने भर्खरै माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी छाडेर नेकपा एमालेमा आएका हुन ।

यसैगरी अन्य निर्वाचित केन्द्रीय सदस्यहरुमा पुर्व सांसद एकवाल मिया, संविधानसभा सदस्य वलवीर चौधरी, वर्तमान प्रदेश सांसद महमद समिर,मोविन आलम र सिता सुवेदी निर्वाचित भएका हुन ।

यसैगरी ११ औँ महाधिवेशनमा बाराबाट नै पदाधिकारी अन्तरगत सचिव पदमा उम्मेदवारी दिएका पुरुषोतम पौडेल भने पराजीत भएका छन। पौडेललले इश्वर पाखरेल नतृत्वबाट पाटीको सचिव पदमा उम्मेदवार दिएका थिए ।

Leave a review