कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराको निर्वाचन क्षेत्र ३ मा जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादवसहित २४ जनाले क्षेत्र -३ को निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयम्मा मंगलवार मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरविन्द साह,नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट ज्वाला कुमारी साह, उज्यालो नेपाल पार्टीबाट तिर्थ बहादुर गुरुङ,प्रगती,लोकतान्त्रिक पार्टीबाट दिनेश प्रसाद सिंह,जनमत पार्टीबाट प्रमोद प्रसाद गुप्ता,नेपाल जनता पार्टीबाट प्रहलाद प्रसाद साह कलवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसबाट फरमुल्लाह मंसुर,नेपाली कम्युनिष्ट पार्टीबाट भरत प्रसाद साह,श्रम संस्कृति पार्टीबाट मुमतज बेगम,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र प्रसाद जैसवार,नेपाल मजदुर किसान पार्टीबाट रामएकबाल राउत ,आम जनता पार्टीबाट लक्ष्मण लामा,राष्ट्रिय जनमोर्चाबाट बालाकृष्ण शर्मा , जन अधिकार पार्टीबाट संजय कुमार सहनी ,मंगोल नेशनल अर्गनाइजेसनबाट सम्झना गोलेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार स्वतन्त्रमा उमरावती देवी साह,चन्द्र प्रकाश सुवेदी,राकेश कुमार साह कानु,लाल मुकेश ठाकुर,सन्तोष पन्डित कुम्हार,सविना गोले,सुनिल पासवान र सुरेश प्रसाद शर्मा सुवेदीले मनोनयन दर्ता गराएका हुन् ।

