जेनजी आन्दोलनमा कठमाण्डौको कारागारबाट भागेका दुई जना कैदी बारामा पक्राउ

साझेदारी दैनिक
444 पाठक संख्या

कलैया : बारा प्रहरीले जेनजी आन्दोलमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौबाट फरार लागुऔषध मुद्दाका दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा पुर्पक्षमा राखिएका करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा बस्ने २९ बर्षिय बिबेक चौधरी र सोही वडा बस्ने २३ बर्षिय कृष्णा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी बारागढीबाट खटिृएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराबाट पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले लागुऔषध मुद्दामा पुर्पक्षको लागी केन्द्रीय कारागार चलान गरेको थियो ।

नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनको मौका छोपी गत भदौ २४ गते उनीहरु कारागार तोडी फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई कारागार कार्यालय वीरगंज, पर्सामा पठाईएको बारा प्रहरीले जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds