भेडियाही स्कुललाई दस सेट बेन्च सहयोग

साझेदारी दैनिक
389 पाठक संख्या

वीरगन्ज : वीरगंज महानगरपालिका–३१ भेडियाहीमा रहेको बिद्यालयलाई बेन्च सहयोग गरिएको छ ।

उपकार सेवा नेपाल नामक संस्थाले भेडियाहीमा रहेको श्री शारदा आधारभूत विद्यालयलाई १० सेट बेन्च डेस्क सहयोग गरेको हो ।

संस्थाको तर्फबाट बिद्यालयमा पुगेर उक्त डेस्क बेञ्च सहयोग गरिएको हो ।सहयोग पछीमा विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले संस्थाका अध्यक्ष लगायत सदस्यहरुलाई स्वागत एवं प्रशंसा पत्र प्रदान गरेको थियो ।

सहयोग कार्यक्रमका वडा नम्बर –३१ का वडाध्यक्ष जितेन्द्र यादव,उपकार सेवा नेपाल संस्थाकीअध्यक्ष विद्या देवी सरावगी,सदस्य पदमा देवी सरावगी सुमन बगेडिया,अंकुर शर्मा लगायतको उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारूले जानकारी दिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वालेश्वर गौरोको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा शिव शक्ति घ्यू उधोग प्रालिको आर्थिक सहयोगमा प्राप्त बेन्च डेस्क हस्तान्तरण गरिएको उनले बताए ।

Leave a review