वीरगञ्ज : उपकार सेवा नेपाल द्वारा दुइजना फरक शारिरिक क्षमता भएका ब्यक्तिलाई व्हिलचेयर प्रदान गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका सहयोगापेक्षी व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई एक कार्यक्रम गरी ह्वीलचेयर प्रदान गरिएको हो।
सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिवीरको क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको हो।
उक्त शिवीरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको छ।
दुबै जनाको शारीरिक अवस्था पूर्ण रुप अपाङ्ता भएकाले स्वस्थ्यलाई ख्याल गर्दै ऊनीहरुको घरमै पुगी एक कार्यक्रम बिच संस्थाले व्हिल चेयर प्रदान गरेको हो ।
व्हिल चेयर सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवन यापनमा सहजता ल्याउने विश्वास गरिएको छ।सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्याकुमारी सरावगी जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो।


