वीरगञ्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

साझेदारी डेलि
65 पाठक संख्या

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतले आज सिंहलाई लिखत सम्बन्धी कसुर र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

मेयर सिंहविरुद्ध लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि भोलिपल्ट उनी अदालत परिसर पुगे पनि औपचारिक रूपमा हाजिर नभई सम्पर्कविहीन बनेका थिए।

त्यसपछि फरार सूचीमा रहेका सिंहलाई खोजतलास गर्ने क्रममा प्रहरीको विशेष टोलीले आज बिहान पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

Leave a review

This will close in 0 seconds