शिव शक्ति ध्यु उद्योगद्वारा जिप्रका बारालाई स्तनपान कक्ष हस्तान्तरण

साझेदारी दैनिक
492 पाठक संख्या

श्री शिव शक्ति ध्यु उद्योग प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महिला सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरी जिल्ला प्रशासन कार्यालय बारालाई हस्तान्तरण गरेको छ। उद्योगका अध्यक्ष तथा संविधानसभा सदस्य राजकुमार अग्रवालले आज एक कार्यक्रमबीच उक्त स्तनपान कक्ष हस्तान्तरण गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए।

कार्यालयमा सेवा लिन आउँदा महिला सेवाग्राहीलाई आफ्ना शिशुहरूलाई स्तनपान गराउन असहज हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराको भवनभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुवर, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला, सेवाग्राही तथा कार्यालयका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds