बिश्रामपुर गाउँपालिका : तोडफोडपछि लुटिएका सामान फिर्ता गर्न सर्वसाधारणलाई अनुरोध

साझेदारी दैनिक
270 पाठक संख्या

कलैया । बाराको बिश्रामपुर गाउँपालिकाले तोडफोडपछि लुटिएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।

भदौ २४ गते जेनजीको आन्दोलनको नाममा दुरुपयोग गर्दै कार्यालयमा तोडफोड गरी कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर लगायतका आवश्यक सामानहरू लुटपाट भएको थियो ।

गाउँपालिकाले उक्त लुटिएका सामानहरू तत्काल फिर्ता गर्न आग्रह गर्दै नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा बुझाई सेवा प्रवाह सुचारु गर्नका लागि सहयोग गरिदिन अनुरोध गरेको छ।

अन्यथा उजुरीको आधारमा छानबिन गरि प्रहरीमार्फत कानूनी कारबाही अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds