बढ्दो चिसोका कारण करैयामाई गाउँपालिकाका विद्यालयमा जाडो बिदा

संदिप प्रसाद यादव
331 पाठक संख्या

कलैया । केही दिनदेखि बढ्दो चिसो तथा शीतलहरका कारण विद्यार्थीहरूको पठन–पाठनमा असहजता उत्पन्न हुन थालेपछि बाराको करैयामाई गाउँपालिकाले जाडो बिदा दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आज एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वर्षे बिदाबाट कट्टा हुने गरी पुस ९ गतेदेखि १२ गतेसम्म जाडो बिदा दिइएको जानकारी दिएका छन्।

सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू यथावत् समयमै सञ्चालन हुने छ। अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

Leave a review

This will close in 0 seconds