बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ८ गते बिहीबार र ९ गते शुक्रबार पठनपाठन बन्द हुने जनाएको छ।
असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा गर्न आग्रह गरेको थियो।
सोही सूचनाका आधारमा कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा दुई दिन पठनपाठन बन्द रहने जानकारी दिएको हो। साथै, अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन उपमहानगरले आग्रह गरेको छ।

