राप्रपा निजगढको चौथो नगर अधिवेशनबाट अध्यक्षमा राउत

साझेदारी दैनिक
308 पाठक संख्या

निजगढ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बारा निजगढमा नगर समितिको चौथो नगर अधिवेशन शनिवार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।

अधिवेशनको राप्रपा मधेस प्रदेश अध्यक्ष भारत गिरीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । अधिवेशनको बन्द सत्रले केशव राउतको अध्यक्षतामा ३५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

पार्टीको नगरकमिटीको नवगठित कार्यसमितिको उपाध्यक्षमा मनबहादुर सापकोटा (राजेन्द्र) र सर्जु थापा चयन भएका छन् । सचिवमा सिता गौतम उप्रेती र कोषाध्यक्षमा सुश्मिता बस्नेत चयन भएका छन् ।

यसगरी कार्यसमितिका सदस्यहरूमा सावित्रीदेवी भारती, विनोद भारती, बाँशुदेव तिमल्सिना, खड्गप्रसाद उप्रेती, भक्त दर्लामी, बैजु गुरो, खड्ग श्रेष्ठ, सेशा सापकोटा, रामप्रसाद लगायतका चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष राउतले प्रतिकृया दिदै निजगढमा राप्रपालाई फरक विचार, स्पष्ट एजेन्डा र सशक्त संगठनसहितको पार्टीका रूपमा स्थापित गर्ने बताएका छन।

पार्टीका खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त साधारणसभा उद्घाटन प्रमुख अतिथि गिरी, पार्टीका केन्द्रीय सदस्य विनोद भारती,सेशा सापकोटा, गिरीधार चौधरी, बारा जिल्ला अध्यक्ष शिवप्रसाद तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सावित्रीदेवी भारती, भूपूसैनिक बारा अध्यक्ष बमबहादुर कुवर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a review