वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

संसद विघटनको विरोधमा नेविसंघ बाराद्धारा कलैयामा विरोध प्रर्दशन

नेपाल विद्यार्थी संघ बाराले संसद विघटनको विरोधमा सोमवार कलैयामा प्रर्दशन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको बिरोधमा सदरमुकाम कलैयामा संघले बिरोध प्रदर्शन गरेको हो । बिहान ८ बजेको समयमा कलैयाको मुख्य चौकमा विभिन्न चर्को नारावाजी गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो निजी स्वार्थ र लोकतन्त्र माथी नै संकट ल्याउने बदनियतले गरेको संसद विघटनको आरोप लगाए ।

बिधार्थी संघ बाराका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा केन्द्रिय निबर्तमान सहमहामन्त्री राजेश रौनियार लगायत सयौ नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप गरि बिरोध प्रदर्शन बिथोल्न खोजेपछी प्रहरी र नेपाल बिधार्थी संघ बिच केही बेर झडप समेत भएको थियो ।

झडपमा निबर्तमान सहमहामन्त्री राजेश रौनियार, बिनयराज शर्मा सामान्य घाईते समेत भएको संघका सदाम हुसेनले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!