पर्सामा सालको काठसहित एक जना पक्राउ

साझेदारी दैनिक
357 पाठक संख्या

कलैया : पर्सा प्रहरीले सालको काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.०४ का ४८ वर्षीय उपेन्द्रप्रसाद कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.२७ दरदर्वास्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा कुर्मीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ना.२ च २८३५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको अवैध रुपमा काठ चोरी तस्करी गरी बनाएको फर्निचर सामाग्रीहरु फेला परेको हुँदा उक्त सालको फर्निचरहरु र पिकअप चालक कुर्मीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिहीबार जिल्ला वन डिभिजन कार्यालय पर्सामा बुझाइएको छ ।

प्रहरीले सालको चौक्स–२ पिस( २.८४ क्युविक फिट ),सालको झ्याल–२ पिस,अधुरो बक्स प्लाई सेट –३ पिस ( ११.७० क्युविक फिट),अधुरो कुर्सी –४ पिस ( १.७२ क्युविक फिट), डाइनिङ टेबल –१ पिस (२.४५क्युविक फिट),किचेन रेक/ह्याङ्गर –३ पिस ( २.४५ क्युविक फिट) बरामद गरेको जनाएको छ।

Leave a review

This will close in 0 seconds