जीतपुरसिमरा उपमहानगरपालिकाको प्रबक्ता खत्रीलाई पितृशोक

रञ्जन यादव
345 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष तथा उपमहानगरपालिकाको प्रबक्ता भोजबहादुर खत्री (इश्वर) लाई पितृशोक परेको छ।

चार दिनअघि काठमाडौंबाट सिमरा आएका मान बहादुर खत्री आइतबार बिहान घरबाट निस्किएका थिए। खत्रीको शव जीतपुरसिमरा वडा नं. १५ स्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।खत्रीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खत्रीको शवको शल्यपरीक्षण गरी राति नै अन्त्येष्टि गरिएको छ । उनको उमेर ६६ बर्ष रहेको थियो । वडाध्यक्ष खत्रीलाई पितृशोक परेको खबरपछि विभिन्न दलका प्रतिनिधि तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

Leave a review

This will close in 0 seconds