Sajhedari Daily
Latest News from Nepal

वीरगञ्ज महानगरपालिकाद्धारा कव्रिस्तानमा जान सडकका लागि जग्गा खरिद

राम मण्डल/
वीरगञ्ज महानगरपालिकाले कब्रिस्तानमा आवत जावतको लागि समस्या भएपछि सडकको लागि जग्गा खरिद गरेको छ ।
महानगरको वडा नम्बर ३ स्थित कव्रिस्तानमा जाने सडक नहुँदा समस्या परेका मुस्लिम समुदायलाई वीरगञ्ज महानगरपालिकाले सडकको लागि जग्गा खरिद गरि दिएको हो । वस्ती बस्नु सुरु भएदेखि नै मुस्लिम समुदायले स्थापना गरेको कव्रिस्तानसम्म जाने सडक नहुँदा निजी जग्गाको बाटो प्रयोग गर्नु परेको थियो ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजयकुमार सरावगीको पहलमा कव्रिस्तानसम्म जाने सडकको लागि ५ धुर जग्गा महानगरपालिकाले खरिद गरिदिएपछि अहिले मुस्लिम समुदाय खुशी भएका छन् । करिब १ विगाह क्षेत्रफलमा रहेको कव्रिस्तानको लागि सधियारमा रहेको विशाल श्रेष्ठको ५ धुर जग्गा २२ लाख ५० हजारमा वीरगन्ज महानगरपालिकाले खरिद गरिदिएको हो ।

वीरगन्ज महागनरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार सहित वडाका मुस्लीम समुदायले महानगरपालिकामा समस्या राखेपछि नगर प्रमुख सरावगीको विशेष पहलमा जग्गा खरिद गरिएको वडा अध्यक्ष स्वर्णकारले बताए । कव्रिस्तानको लागि बाटो नहुँदा समस्या परेका मुस्लीम समुदायलाई महानगरपालिकाले बाटोको लागि जग्गा खरिद गरिदिएकोमा मुस्लीम समुदाय खुशी हुदै महानगरप्रमुख सरावगीलाई धन्यावाद दिएका छन् ।

“विगत लामो समयदेखि कव्रिस्तानसम्म जान बाटो नहुँदा चिन्तित थिए अहिले बाटोको लागि जग्गा खरिद गरिदिएपछि मुस्लीम समुदाय खुशी भएको वडा अध्यक्ष स्वर्णकारले बताए ।

Comments are closed.