रामनगर खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कल्याण सुवेदी

साझेदारी डेलि
25 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा सञ्चालित रामनगर खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कल्याण कुमार सुवेदीलाई चयन गरिएको छ। समितिको शनिबार सम्पन्न बैठकले तीन वर्षे कार्यकालको लागि नौ सदस्यीय कार्य समिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी कार्की, कोषाध्यक्षमा देवेन्द्र गौतम, सचिवमा सुरेन्द्र श्रेष्ठ र सहसचिवमा विष्णु कार्कीलाई चयन गरिएको छ। समितिको कार्यसमितिमा सुन्तलीकुमारी दुखीमाया थिङ्ग, रत्नबहादुर घिसिङ्ग, डम्बर बहादुर सुवेदी रहेका छन्।

खानेपानी समितिका निवर्तमान अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा बसेको बैठकले नयाँ समिति चयन गर्ने निर्णय गरेको हो। अधिकारी नेतृत्वको कार्यसमितिको अवधि सकिएकोले नयाँ पदाधिकारीको चयन गरिएको जनाइएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१७ का वडा अध्यक्ष भीमबहादुर गंतांगको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a review

This will close in 0 seconds