सात जना कराते खेलाडीलाई ट्र्याकसुट वितरण

साझेदारी दैनिक
306 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले सोमबार एक कार्यक्रम आयोजना गरी सात जना कराते खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ।

वडा कार्यालयका प्रतिनिधि रबिन्द्र कुमार नेपालले कराते खेलाडीहरू मेराज आलम, सुमित कुमार कुशवाहा, अमित कुशवाहा, अभय कुशवाहा, पुष्पाञ्जली कुशवाहा, अर्चना साह र मुस्कान पटेललाई ट्र्याकसुट प्रदान गरेका हुन्।

कार्यक्रममा वडा कार्यालयका कर्मचारी, खेलप्रेमी तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो। वडा कार्यालयले खेलकुदको विकास तथा खेलाडीहरूको प्रोत्साहनका लागि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a review

This will close in 0 seconds