बारामा दुइ क्विन्टल तीन किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

साझेदारी दैनिक
444 पाठक संख्या

कलैया : बारा प्रहरीले दुइ क्विन्टल तीन किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ०६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी जैतापुर र अस्थाई प्रहरी पोष्ट पिलुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १८ बडर्वास्थित मनहरीबाट कलैया तर्फ आउदै गरेको विएसी २३४३ नम्बरको योद्धा पिकअपलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।

उक्त गाडीको पछाडीको भागमा फलस बटम बनाई कालो प्लष्टिकमा लागूऔषध गाँजा २०३ किलो ८५० ग्राम (२० बिस पोका) ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षकविजयराज पण्डितले जानकारी दिएका छन् । डिएसपी पण्डितका अनुसार लागूऔषध गाँजा,गाडीसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review