तेस्रो मनहर्वा गोल्डकप शनिवारदेखी शुरु आयोजक मौवादेवी युवा क्लबले विजय सुरुवात

साझेदारी दैनिक
262 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वामा तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता शनिवारदेखी शुरु भएको छ ।

शनिवारको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लबले विजय सुरुवात गरेको छ। जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक मौवादेवी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले ३८औं मिनेटमा हेडमार्फत गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच आयोजक क्लबका आकाशबहादुर राना घोषित भए । उनले नगद दुई हजार पाँच सय प्राप्त गरे ।प्रतियोगिता अन्तर्गत आइतबार रिगल हेटौडा रिसोर्ट र रौतहट एफसीबीच हुनेछ ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।

मुख्यमन्त्री यादवले लागूऔषधमुक्त समाज निर्माणका लागि निजगढमा सुधार केन्द्र भवन निर्माण गरिने समेत बताएका छन् ।

उद्घाटन समारोहमा मधेस प्रदेशकी खेलकुद मन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट चार लाख उपलब्ध गराउने बताएकी छिन् । कार्यक्रममा बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारीले प्रदेश सरकारसँग संमन्वय गरेर अघि बढ्न आफू तयार रहेको बताईन ।
कार्यक्रममा पूर्वसांसद रामबाबु यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले,वडा नं. १६ का अध्यक्ष हरिदेव खरेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको उद्घाटनसत्र मौवादेवी युवा क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

Leave a review

This will close in 0 seconds