राम मण्डल/
सर्लाहीको मलँगवामा मुर्ति बिसर्जनको बिषयमा भएको दुई समुदायबीच भएको झडपलाई लिएर वीरगञ्जमा पनि प्रदर्शन ¥याली हुन थालेपछि सोमबार सद्भाव ¥याली निकालिएको छ ।
वीरगञ्ज महानगरपालिकाले सदभाव ¥यालीको आयोजना गरेको थियो ।सदभाव रयालीमा हिन्दु, मुस्लिम लगायत सबै समुदायका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
महानगरको कार्यालयबाट शुरु भएको रयालीले नगर परिक्रमा पछि जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र समेत बुझाएको थियो ।
¥यालीमा सहभागी भएका नेता एवम् स्थानीयबासीहरुले पछिल्लो समय सर्लाहीको घटनालाई लिएर वीरगञ्जमा देखिएको बिबाद निन्दनीय रहेको बताएका थिए ।
वीरगञ्जलाई अशान्त बनाउनको लागि केही ब्यक्तिहरुले मात्रै दुई समुदायबीच द्वन्द भडकाउन खोजेकोले त्यस्तो हुन नदिने साँसद प्रदिप यादवले प्रतिबद्धता जनाए ।
बहिरको घटनालाई लिएर वीरगञ्ज्बासी एकअर्काबीच लडाई गर्न कुनै जरुरी नभएकोले महानगरबासी सबैले मिलेर बस्नुपर्ने कुरामा जोड दिएका थिए ।
सर्लाहीको घटनालाई लिएर वीरगञ्जमा दुई समुदायबीच बिबाद गर्न जरुरी नरहेको तथा यस्ता बिबाद गर्नेमाथि कारवाही हुनुपर्ने नेकपा एकीकृत समाजबादी पर्साका नेता मनोज चौधरीले बताए ।
कुनैपनि किसिमको सम्प्रायिक घटना रोक्न आपसमा भाईचारा कायम राख्नको लागि सदभाव ¥याली निकालिएकोले हिन्दु मुस्लिम सबैजना भाईभाई भएको वीरगञ्ज महानगरपालिका ५ का वडाध्यक्ष प्रदिप चौरसियाको भनाई थियो ।
स्विमिङ पुल परिसरबाट निस्किएको रयालीले महानगरको बिभिन्न भागको परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापन पत्र समेत बुझाएको थियो ।
गएको बिहीबार राति सर्लाहीको मलँगवामा भएको दुई समुदायबीचको झडपलाई लिएर त्यहाँ स्थिती समान्य पार्ने प्रयास भईरहेको छ । तर त्यही बिषयलाई लिएइर वीरगञ्जमा भने बिरोध प्रदर्शन हुन थालेपछि सोमबार सदभाव ¥याली निकालिएको थियो ।

