कलैया । जनता समाजवादी पार्टी नेपालले बाराको तीन वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।
जसपा नेपालले बारा क्षेत्र नम्बर १ मा अधिवक्ता रामबाबु प्रसाद यादव ,२ मा रामकिशोर प्रसाद यादव र ३ मा रामबाबु कुमार यादवलाई उम्मेदवारहरूको रुपमा टुंगो लगाएको हो । साथै क्षेत्र नम्बर ४ को उम्मेदवार टुंगो लगाउन बाकि रहेको जसपा नेपाल पार्टीले जनाएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ ।

